डेभिड बेकह्याम बने ‘इन्टर मायामी’को मालिक

इंग्ल्याण्ड । इंग्ल्याण्ड राष्ट्रिय टिमका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबका ओनर बनेका छन् । 

बेकह्यामले बुधवारराति नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् । अमेरिकाको मेजर सकर लिग ‘एमएलएस’ खेल्न क्लबको नाम  ‘इन्टर मायमी’ राखिएको छ । 
उनको क्लबले सन् २०२० बाट ‘एमएलएस’ खेल्ने छ ।

क्लब फुटबलमा रियल म्याड्रिड, म्यानचेस्टर युनाईटेड, एसी मिलान र पीएसजीमा व्यवसायिक क्लब खेल खेलेका उनी इंग्ल्याण्डका सफल कप्तान समेत हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?