‘मर्नु परे सँगै मरौला’ भन्ने श्रीमतीबाटै मारिए अर्घाखाँचीमा एक युवक

अर्घाखाँची । सँगै मर्ने सँगै बाच्ने भनि कसम खाएकी श्रीमतीबाटै मर्नु पर्दा भन्ने कसले सोचेको हुन्छ र तर अर्घाखाँचीमा त्यहि भएको छ जसले सँगै दुःख–सुख साटौला मर्ने परे सँगै मरौला भनकी श्रीमतीकै योजनामा एक युवकले अकालमै ज्यान गुमाउनु परेको छ । 

वाणगंगा नगरपालीका पिपरा धैरनीडाडाँ ७ कपिलवस्तु की राधा घर्तिमगर न्यौपाने आफनै श्रीमानको फेसवुकमा प्रेम जालमा परेपछि आफनै श्रीमानको हत्या गरिन् । आफना प्रेमी रुकुम निवासी रमेश विक सँग मिलोमोतो गरि आफुले हत्या गरेको राधाले प्रहरी समक्ष स्वार्कार गरेकी छिन् । विक फरार रहेका छन् । 

भदौ १३ गते राती आफनो ससुरालीमा आएका श्रीमान वाणगंगा नगरपालीका पिपरा धैरनीडाडाँ ७ कपिलवस्तु बस्ने धनबहादुर घर्तिमगरलाई धारिलो हतियार प्रहार गरि हत्या गरि सन्धिखर्क नगरपालीका १२ बस्यालटोलाको जगंलमा बोरामा बाधेर विक र राधाले फालेका थिए । हत्या गरि रमेश राधा १४ गते विहान सँगै घर फर्केको प्रहरीले जनाएको छ । रमेशले कुटपिट गरि मारेर बोरामा लगेर फालेको राधाले बताइन् । 

विक र राधाको विगत ४ वर्ष देखी अनैतिक सम्बन्ध रहदै आएको प्रहरी समक्ष अभियुक्तले स्वाकार गरेकी छिन् । रुकुम निवासी विक भदौ ९ गते साउदी अरवबाट सिधै राधाको घरमा गई ३ दिन बसेको अनुसन्धानका क्रममा खुलेको निमिक्त प्रहरी प्रमुख खिमबहादुर घर्ति मगरले जानाकारी दिए । १२ गते विहान राधा रमेश र राधाकी आमा बसुन्धरा बस्याल सन्धिखर्क नगरपालीका १२ बस्यालटोला को आफनो माईति घर आएको जनाईएको छ । 

मृतक घर्तिमगर बाग्लुङ्गको एक कम्पनी काम गदै आएका थिए । घरबाट श्रीमती एक युवक सँग हिडेको थाहा पाएपछि कपिलवस्तुको घरमा आई १३ गते साझ आफनो ससुराली गएको प्रहरी निरिक्षक गम्भिरजंग थापाले जानाकारी दिए । अनुसन्धानको क्रममा लाश पहिचाहनको क्रममा राधालाई बोलाईएको तर उनले आफनो श्रीमान नभएको बताईकी थिइन् । 

अुनसन्धानको क्रममा प्रहरी हिरासत रहेकी राधाकी आमा बस्यालले आफना छोरी र रमेश भन्नेले राती कुटपिट गरि मारेको जानाकारी दिईन् । भदौ १९ गते दिउसो स्थानीयले जगंलमा लाश देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले लाशलाई पोष्टमाटम गरि आफन्तलाई बिहीवार बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?