मैत्रिपूर्ण खेलमा स्लोभाकिया विजयी

स्लोभाकिया । डेनमार्कविरुद्धको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा स्लोभाकिया विजयी भएको छ । 

घरेलु मैदानमा बुधवारराति भएको मैत्रिपूर्ण खेलमा स्लोभाकियाले डेनमार्कलाई  ३–० गोल अन्तरले पराजित गरेको हो । 

खेल शुरु भएको ११ मिनेट पनि बित्न नपाउँदै स्लोभाकियाका लागि आदमम नेमिकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । उनले जुराज कुकाको पासलाई सहि दिशा दिदै गोल पोस्टको जाली चुमाए । 

त्यस्तै, ३७ औँ मिनेटमा अल्वर्ट रस्नकले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए । खेलको पहिलो हाफसम्म कुनै गोल फर्काउन नसकेको डेनमार्कका लागि ६९ आदम फग्टले आत्मघाती गोल गरे ।

निर्धारित समयसम्म डेनमार्कले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल ३-० ले गुमायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?