उपचार गर्न आएकी युवतीमाथि करणी

सिरहा । सिरहाको मिर्चैयामा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । 

उदयपुरबाट उपचारका लागि मिर्चैया आएकी २२ वर्षीया युवतीलाई भदौ ११ गते साँझ बजार नजिकै रहेको आँपको बगैचाँमा लगेर सामूहिक बलात्कामा गरेको आरोप लागेका मध्येका एक मिर्चैया नगरपालिका ५ का २२ वर्षीय रितेशकुमार साहलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।  

बलात्कारमा संलग्न अन्य दुई जनाको खोजी भईरहेको पनि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी दिपेन्द्र साहले जानकारी दिए । 

 घटनाको सातादिन पछि पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका साहविरुद्ध जबरजस्ती करणी मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?