प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रविरुद्ध चार उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाई समितिमा चार उजुरी परेको छ । 

मिश्रविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत कर छलीमा सहयोग गरेको, सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको र बलात्कारविरूद्ध अभियान चलाइरहेकी सावित्री सुवेदीले उक्त मुद्दामा कोइरालाको सजाय घटाइएको उजुरी परेको हो । 

समितिले उजुरी अध्ययन, उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाउने छ । 

त्यस्तै, नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी समेत परेको छ । 

उजुरी कर्ताहरुले यस्ता भ्रष्ट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ भन्दै उजुरी दिएका थिए ।  

मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न समेत उठाएका छन् । 

मिश्रको नियुक्तिले भ्रष्टको राज हुने उजुरीकर्ताले उल्लेख छ । 

मिश्रलाई भदौ ७ गते संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?