हेन्जनको कप्तानीमा २० सदस्यीय यू–१८ टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनोट गरेका हुन् ।  

छनोट भएका खेलाडीमा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई, मिडफिल्डरमा नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसहाङ आङदम्बे, सुरज ठकुरी र अनिल महर्जन रहेका छन् । 

त्यस्तै, फरवार्डमा दिनेश हेन्जन ‘कप्तान’, बुद्धबल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ तथा वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ छन् । 

विराटनगरमा भएको बन्द प्रशिक्षकअन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो । बाँकी चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ । 

नेपाली टोलीको व्यवस्थापकमा रुपेश अधिकारी, प्रशिक्षकमा पासाङ तामाङ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ छन् । प्रतियोगिता असोज ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?