भारतीय पूर्व प्रधानमन्त्री एच डी देवे गौडा काठमाडौं आउँदै

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री तथा लोकसभाका सांसद एच डी देवे गौडा बिहीवार नेपाल आउने भएका छन् । 

अन्तर्राष्ट्रिय मैत्री समाज नेपालको संयोजनमा सहभागी हुन नेपाल आउने भएका हुन् । 

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय पूर्व प्रधानमन्त्री गौडाले शुक्रबार पशुपतिनाथमा पूजा गर्ने कार्यक्रम तय भएको छ । साथै गौडा शुक्रबार नै नयाँ दिल्ली फर्कने कार्यक्रम छ । 

काठमाडौंमा रहदा पूर्व प्रधानमन्त्री गौडाले राजनीतिक भेटघाट गर्ने नगर्नेबारे भने खुलाइएको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?