एनआर्इसी एसियाको १८ लाख ३० हजार कित्ता ऋणपत्र बिक्री अाजदेखि, ११% ब्याज दिने

काठमाडौं : लगानीकर्तालार्इ ११% ब्याज दिने गरि एनआर्इसी एसिया बैंकले अाजदेखि ७ बर्षे अवधिको १९ लाख ३० हजार कित्ता ऋणपत्र जारी गरेको छ । 

पूँजीबजारमा दीर्घकालिन लगानी गर्न चाहने लगानीकर्तालार्इ निकै फार्इदा पुग्नेगरि एनआर्इसीले ऋणपत्र जारी गरेको हो । 

एनआर्इसीले १ हजार रूपैयाँ अंकित दरका १८ लाख ३० हजार कित्ता ऋणपत्र बेच्न शुरू गरेको हो। कुल कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख ३६ हजार कित्ता छुट्यार्इएको छ । 

ऋणपत्र किन्न चाहने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख ८३ हजार कित्तासम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

ऋणपत्र बेच्ने अवधि भदौ २१ गतेदेखि २५ गतेसम्मका लागि तोकिएको छ । २५ गतेसम्म नबिके असोज १९ गतेसम्म ऋणपत्र बेच्न अवधि थपिने एनआर्इसीले जानकारी दिएको छ ।

एनआर्इसीले यसअघि पनि ९% ब्याज दिनेगरि ३ अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?