साफ च्याम्पियनसीप : अाज नेपाल र भुटान भिड्दै

काठमाडाैं : साफ च्याफ च्याम्पियनसीप फुटबलअन्तर्गत अाज नेपाल र भुटानबीच प्रतिष्पर्धा हुँदैछ । 

दिउँसो पाैने ४ बजे बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली राष्ट्रिय टोली जीत हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । 

यसअघि पाकिस्तानसँग २-१ ले पराजित नेपालका लागि सेमिफार्इनमा पुग्न अाज भुटानलार्इ हराउनैपर्ने अावश्यकता छ । 

यी दुर्इ दक्षिण एसियाली भुपरिबेष्ठित देशहरू साफ च्याम्पियनसीपमा हालसम्म २ पटक अामने-सामने भएका छन् । सन् २००३ मा ढाकामै भएको प्रतिष्पर्धामा नेपालले भुटानलार्इ २-० गोलअन्तरले पराजित गरेको थियो भने सन् २००५ मा पाकिस्तानको कराँचीमा भएको प्रतिष्पर्धामा ३-१ गोलले पराजित गरेको थियो । 

डिफेन्स र मिडफिल्डमा नेपाली टोलीको खेल काैशल प्रभावकारी भएपनि अट्याकिङ लार्इनमा सुधार गर्नुपर्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?