बाँके – यतिबेला खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ ।
१२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् ।
‘भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भने–नयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दै छौ ।’ उनले यस्तो गरेका महिला भेटिएपनि कुरा बाहिर ल्याउन नचाहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया