जापानमा ६.६ रेक्टरस्केलको भूकम्पीय धक्का

काठमाडाैं : जापानको होक्कार्इदो केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको छ । 

भूकम्पीय झड्का झन्डै अाधा मिनेटसम्म महशुस गरिएको जापानका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । 

बिहिबार बिहान ३ बजेतिर भूकम्प गएको हो । भूकम्पका कारण लडेर १ जना वृद्दको ज्यान गएको र दर्जनाैं घार्इते भएको बतार्इएको छ । 

भूकम्पका कारण भत्किएका घरमा मानिस पुरिएको हुनसक्ने जनाउँदै प्रधानमन्त्री सिन्जो अावेले तत्काल उद्दारको कामलार्इ प्राथमिकता दिन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?