काठमाडौं । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा भइरहेको विकृतीको विरुद्ध एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विभिन्न १३ बुँदे मागसहित आमरण अनसन सुरु गरेको छ ।
मंगलबार अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा कुलपतिको कार्यालय कीर्तिपुरमा आमरण अनसन सुरु गरेका हुन् ।
त्रिविमा पछिल्लो समय देखिरहेको समस्याहरुको तत्काल निराकरणसहित विभिन्न १३ बुँदे माग अनेरास्ववियूको रहेको छ ।
जसमा एमफिल र पिएचडीको शुल्क सर्वसुलभ बनाइनुपर्ने, स्ववियूको निर्वाचन सुनिश्चित गर्ने, सेमेस्टर प्रणाली व्यवस्थित बनाइनुपर्ने लगायतका मागहरु रहेको छ ।
त्यसैगरी त्रिविबाट सम्बन्धन प्राप्त भए पनि निजी र सरकारीको शुल्कमा विभेद देखिएको भन्दै त्यसलाई सुधारको माग समेत राखेका छन् ।
‘त्रिभुवन विश्वविद्यालयभित्र दुई खाले शिक्षा प्रणाली देखिएको छ । केही निजी कार्यक्रमहरु महंगो शुल्कमा चलिरहेका छन्, यसले त्रिविको शिक्षा प्रणालीमा विभाजन ल्याएको छ । यो असमान र विभेद प्रणालीको अन्त्य गरी त्रिवि अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरु समान ढंगले सुलभ शुल्कमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया