८ कार्तिक २०७८, सोमवार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध परे चार उजुरी

२०७५,भाद्र,२१,बिहीवार ०२:१४


काठमाडौँ–प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् ।
समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएका हुन् ।
सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए ।
उनले भने “तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन् । शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’
उजुरी सार्वजनिकपछि समितिले पहिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । सुनुवाइ सकिएपछि समितिले अनुमोदन हुने वा नहुनेबारे निर्णय लिनेछ । गाेरखापत्र दैनिकमा खबर छ ।

 

प्रकाशित मिति: २०७५,भाद्र,२१,बिहीवार ०२:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६