३१ आश्विन २०७८, आईतवार

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

२०७५,भाद्र,२१,बिहीवार ०२:०६


काठमाडौँ — प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’

उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए। उनका अनुसार काठमाडौंदेखि धनगढी ४ सय ८० किलोमिटर दुरी ६ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ। अर्थात् एक किलोमिटरको १२ रुपैयाँ ५० पैसा पर्छ।

०७२ माघ २४ मा सरकारले निर्धारित शुल्कअनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ। नातपौल गुणस्तर विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा एक रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ। विभागले निर्धारण गरेको भाडाअनुसार ट्याक्सीमा चढनेबित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ। प्रतिदुई सय मिटरमा ७ रुपैयाँ उठनुपर्ने हो तर ७ रुपैयाँ २० पैसा उठ्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीले झन मनपरी भाडा लिने गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२१,बिहीवार ०२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०