काठमाडौं । नेकपा एमालेका सांसदहरूले संसदको सार्वजनिक लेखा समितिकाे बैठक बहिष्कार गरेका छन् । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको आजको बैठक बहिष्कार गरेका हुन् ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेका छन् । सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतकुमार शाह सभापति छन् । एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि समितिले वार्षिक प्रतिवेदन भने पारित गरेको छ ।
समितिका सभापति शाहले भने पार्टीमा सल्लाह गरेर निर्णय लिने बताएका छन् । उनले प्रतिपक्षी एमालेका सांसद समिति सभापतिले पनि राजीनामा गर्नुपर्ने बताएका छन् । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, कानुन न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक समिति सभापति एमाले सांसद छन् । सभापति शाहले वार्षिक प्रतिवेदन पारित गर्नैपर्ने भएकोले बैठकले बहुमतका आधारमा निर्णय गरेको बताए ।
नेपाली कांग्रेसबाट लेखा समिति सभापति बनेका शाहले पदबाट राजीनामा दिएर प्रतिपक्ष सांसदलाई लेखा समिति सभापति हुने बाटो खोल्नुपर्ने एमाले सांसदहरूले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया