कांग्रेस बैठक : मर्यादाक्रमसम्बन्धि प्रस्ताव पेश

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा मर्यादाक्रमसम्बन्धि प्रस्ताव पेश भएको छ ।

कांग्रेस मुख्यालयमा जारी मंगलबारको बैठकमा विभिन्न तहमा रहेका नेताहरुको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश भएको हो ।

उक्त प्रस्ताव अनुसार मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेको बताइएको छ ।

जस अनुसार पार्टीको पहिलो वरियतामा केन्द्रीय सभापति रहनेछन् । त्यसैगरी पूर्वसभापति र तेस्रो नम्बरमा प्रधानमन्त्री वरियतामा रहने प्रस्तावमा पेश भएको छ । प्रस्ताव अनुसार चौथोँ वरियतामा पूर्वप्रधानमन्त्री, पाँचौमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारी, सातौमा संसदीय दलका पूर्वनेता, आठौँमा पूर्वकेन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।

त्यसो त क्रियाशील सदस्यलाई अन्तिम सदस्य वरियता दिइएको छ ।

विभिन्न एजेण्डासहित सोमबारबाट केन्द्रीय कमिटी बैठक सुरु भएको हो । सोमबारको बैठकमा भातृ र शुभेच्छुक संस्था सम्बन्धि प्रस्ताव पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?