(ने.क.पा.) का अध्यक्ष दाहाल अाज भारत जाँदै

काठमाडाैं : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अाज भारत जाँदैछन् । 

बिहिबार दिउँसो ३ बजे दाहाल भारततर्फ लाग्ने र ३ दिनसम्म भारत घुम्ने कार्यक्रम रहेको जानकारी दिर्इएको छ । 

भारतमा रहँदा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका उच्चपदस्थ नेतासँग भेट्नेछन् । 

भारतबाट फर्किएलगत्तै भदाै ३० गते चीन भ्रमणमा जाने प्रचण्डले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?