स्थानीय तहमा टिक्दैनन् कार्यकारी प्रमुख

काठमाडौँ – सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको १५ महिनामा ४ जना कार्यकारी प्रमुख फेरिए । सिन्धुलीको फिक्कल गाउँपालिकाका ६ वटै वडामा सचिव छैनन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा गत वैशाखदेखि ३ पटक कार्यकारी प्रमुख बदलिए । गोरखाको अजिरकोट गाउँपालिकामा ४ महिनाभन्दा बढी कार्यकारी अधिकृत टिकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी व्यवस्थापन शाखाका अनुसार १५ महिनायता ५ सयभन्दा बढी नगरपालिका र गाउँपालिकामा कार्यकारी प्रमुख परिवर्तन भइसकेका छन् । एउटै स्थानीय तहमा ५ पटकसम्म प्रशासकीय अधिकृत फेरिएका हुन् । आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?