बाबुरामको प्रतिवेदन : विचार मिल्नेसँग एकीकरण गर्ने वा वैकल्पिक शक्ति निर्माण ! (पूर्णपाठ)

लोकपथ
42
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुरामले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा दुई विकल्पलाई अघि सारेका छन् ।

मंगलबार काठमाडौंको जडिबुटीस्थित रोयल जडीबुटी पार्टी प्यालेसमा सुरु भएको दुईदिने बैठकमा अध्यक्ष डा. भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् ।

नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने वा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने दुई विकल्प उनले दिएका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले अघि भने, ‘दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’

‘पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार’ शीर्षकमा पेश प्रतिवेदनमा जसपा एकतादेखि आगामी रणानीतिका विषय समेटिएका छन् । स्थानीय तहको निर्वाचन समीक्षा, अन्य दलहरूप्रतिका धारणा समेत प्रतिवेदनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?