काठमाडौं–बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो ।
डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा गणेश राईले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
१५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको हो । निर्देशक राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरेले चार घन्टामा एकजनालाई मात्रै सेवा दिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया