धादिङको गजुरीबाट लागुअाैषधसहित २ जना पक्राउ

गजुरीबजार : विभिन्न प्रकारका लागुअाैषधसहित धादिङको गजुरीबजारबाट प्रहरीले २ जनालार्इ पक्राउ गरेको छ । 

बुधबार राती गजुरीबजारमा लागुअाैषध बोकेर हिँडिरहेका सुर्खेत निवासी ४० बर्षीय सुवास जि.सी. र ३३ बर्षीय रमेश गुरूङलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका जि.सी. र श्रेष्ठका साथबाट निट्राभाट-१० ट्याबलेट ५१ थान र १०० मिलिलिटरको १८ बोतल कोरेक्स बरामद गरिएको छ ।

लागुअाैषध बिक्रीवितरणमा संलग्न उनीहरूमाथि अनुसन्धान भर्इरहेको प्रहरी जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?