विद्यालयका अध्यक्ष र प्रअविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

लोकपथ
572
Shares

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

श्री मावि एकडारामा कार्यरत दुवैजना सेवाग्राहीसंग ५० हजार घुस लिएको आरोपमा १९ जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो । विद्यालयको खेलकुद मैदान स्तरोन्ति गर्ने क्रममा विभिन्न बहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानाध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुष्टि भएसंगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३(१) बमोजिमको कसुर भएको हुदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?