त्रिविमा ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे

त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।

आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको हो । ०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए । ०७३ मा अघिल्लो वर्षभन्दा झन्डै दुई लाख विद्यार्थी घटेका छन् । सो वर्ष आंगिकमा १ लाख ६९ हजार ८ सय ६५ र सम्बन्धनप्राप्त क्याम्पसमा २ लाख ६६ हजार ९ सय १६ गरी जम्मा ४ लाख ३६ हजार ७ सय ८१ विद्यार्थी मात्र भर्ना भए । अाजकाे नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?