अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाली राष्ट्रपति असदको हत्या गराउन खोजेको खुलासा

एजेन्सी : अमेरिकाका एक प्रसिद्ध पत्रकार बाब उडवर्डले लेखेको नयाँ पुस्तकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरयाली राष्ट्रपति बशर अल असदको हत्या गर्न अमेरिकी रक्षामन्त्रालयलाई एक पटक आदेश दिएको खुलासा गरेका छन् ।

उडवर्डको नयाँ किताब ‘फियरः ट्रम्प इन द ह्वाइट हाउस’मा ट्रम्प प्रशासनको कठोर समिक्षा गरिएको छ ।

किताबमा रक्षामन्त्री जेम्स म्याटिसको तर्फबाट भनिएको छ कि २०१७मा सिरियामा रसायनिक हमला भएपछि  ट्रम्पले असदको हत्या गर्नुपर्ने माग गरेका थिए ।

तर ट्रम्पले पुस्तकमा गरिएका सबै दाबीलाई झूठो भनेका छन् । उनले यी सबै कुरो मानिसलाई बरगलाउन लेखिएको बताए ।

रक्षा मन्त्री जेम्स म्याटिसले पनि पुस्तकमा गरिएको दाबीलाई गलत भन्दै खारिज गरेका छन् ।

पुस्तकमा कतिपय बरिष्ठ अधिकारीहरूको तर्फबाट भनिएको छ कि उनीहरूले कतिपय संवेदनशील कागजात ट्रम्पले हस्ताक्षर गर देला कि भनेर लुकाएर राख्ने गरेका थिए ।

पुस्तकमा ती बरिष्ठ अधिकारीहरूले ट्रम्पलाई झूठो र मूर्ख भनेका छन् ।

उडवर्डले १९७०को दशकमा वाटरगेट स्क्याममा तत्कालीन रिचर्ड निक्सनको भूमिकालाई सार्वजनिक गर्न ठूलो भूमिका खेलेका थिए ।

वाटरगेट काण्डकै कारण निक्सनलाई पदबाट राजीनामा दिनु परेको थियो ।

पुस्तकको केही अंश वासिंटनमा सबैभन्दा पहिले प्रकाशित भयो ।

यसअघि न्यूयोर्क टाइम्समा यस विषयमा ह्वाइट हाउसको एक अज्ञात बरिष्ठ अधिकारीको तर्फबाट एक लेख छापियो ।

लेखमा अमेरिकी प्रशासनको समस्याहरूको जरो राष्ट्रपति ट्रम्पको अनैतिकता भएको उल्लेख छ ।

उडवर्डको पुस्तकमा राष्ट्रपति ट्रम्पले रक्षामन्त्री जेम्स म्याटिसलाई ‘जाउ हामी उनको(असद) हत्या गरौं’ भनेको उल्लेख छ ।

ट्रम्पसँगको कुरोकानीमा म्याटिस ट्रम्पको कुरो मानेका थिए तर पछि उनले एक सहयोगीलाई कुरोकानीमा भएको कुनै कुरो नगर्ने भनेको पनि उल्लेख छ ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा र आफ्नो ट्विट मार्फत ट्रम्पले ‘यस्तो कहिल्यै सोचिएन र न कहिल्यै सोचिने छ ’ भने ।

ट्रम्पले उडवर्डको किताबलाई मनगढन्ते र राम्रो कल्पनाबाट अभिप्रेरित भएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?