निवर्तमान अर्थमन्त्री शर्मामाथि समितिले आजबाट छानबिन थाल्ने

लोकपथ
28
Shares

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले आज (मंगलबार) बाट काम थाल्ने भएको छ ।

संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो ।

काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो ।

मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?