पेट्रोलमा रु १, डिजेल तथा मट्टितेलमा रु ३ र ग्यासमा रु २५ मूल्य बृद्धि

काठमाडौं– अन्तत नेपाल नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु  ३ बृद्धि गर्ने निर्णय गरेको छ । यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ ।

जसअनुसार अब उपभोक्ताले पेट्रोल प्रति लिटर रु  १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ तिर्नुपर्नेछ  । यस्तै  ग्यासको मूल्य प्रति सिलिन्डर अब रु र १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने पनि निगमले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?