करेन्ट लागेर दुई जनाको मृत्यु

बाजुरा– बाजुरा कोल्टीमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–३ मेलढुस्काका ४५ वर्षीया साउनी कला बोहरा र ५० वर्षीय बुदे बोहरा रहेका छन् ।

कोल्टीको बड्डीगार्ड खोला लघुजलविद्युत्को तार चुँडिएर खेतमा परेको अवस्थामा बारी गोड्न गएका बेला साउनी कलाको मृत्यु भएको होे । मृत्यु भएको जानकारीपछि उद्धारका लागि गएका बुदे बोहराको पनि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतबारीमा काम गर्न गएको बेला पोल ढलेर तार खेतबारीमा फैलिएको अवस्थामा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको साउनीकलाका छोरा धनबहादुर बोहाराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?