बाबुराम पक्षको बैठक : उपेन्द्र समूहमाथि कटाक्ष

लोकपथ
42
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको बाबुराम पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक जारी छ ।

संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई पक्षीय नेताहरुको बैठक जडिबुटीस्थित रोयल जडीबुटी पार्टी प्यालेसमा केहिबेरअघि बैठक सुरु भएको हो ।

जसपामा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले बेग्लाबेग्लै बैठक बोलाएका छन् ।

भट्टराई पक्षीय नेताहरुको बैठकमा केन्द्रीय कार्यकारिणी सदस्य रमेशप्रसाद यादवले आफ्नो धारणा राखेका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एकलौटी रुपमा अघि बढेकोले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाएका छन् । उपेन्द्रले विधानअनुसार काम नगरेको र एकलौटी ढंगले अघि बढेको बाबुराम पक्षको आरोप छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवले बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले जसपालाई एकतावद्ध बनाउनका लागि ठूलो संघर्ष गरेको दाबी गरे ।

जसपा निर्माणका बेला डा। भट्टराईले आफू प्रधानमन्त्री भइसकेको व्यक्ति भएको कुनै लोभ नगरेको बताए ।

साथै भट्टराईले पार्टी निर्माण र पार्टी जोगाउनका लागि ठूलो संघर्ष गरे पनि अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेको कारण आजको अवस्था आएको बताए ।

हाल कार्यकारिणी समिति सदस्य महिन्द्र राय यादवले सम्बोधन गरिरहेका छन् । उनले डा। भट्टराईले देशका सबै वर्ग र क्षेत्रलाई लिएर अघि बढ्न लागेको बताए ।

दुई दिनसम्म चल्ने उक्त बैठकमा सहभागी हुनका लागि जसपा ९बाबुराम पक्ष० पक्षीय केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौ आइपुगेका छन् । बैठकमा संघीय परिषद् अध्यक्ष डा। भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नेछन् । बैठकमा उक्त कार्यपत्रमाथि समेत छलफल हुनेछ ।

उपेन्द्र पक्षले भने आजै वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बैठक राख्दैछन्। वीरगञ्जमा बुधबार र बिहीबार उपेन्द्र पक्षले पनि केन्द्रीय समितिको बैठक राख्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?