स्वरोजगार कार्यक्रमको पाँच करोड बढी रकम जोखिममा

शम्भू माली

कपिलवस्तु  । आय आर्जनकालागि भन्दै नागरिकताका आधारमा दिईएको स्वरोजगार कार्यक्रमको लाखौ रकम जोखिममा परेको छ ।

बेरोजागर युवारुलाई रोजगारीमा सहयोग गर्न ५ बर्ष अघि सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रमको लगानी उठन नसके पछि  ५ करोड बढी रकम जोखिममा परेको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम अन्र्तगत कृषि बिकास बैंकले १९ जिल्लाका  १ हजार ३५० जनालाई १४ करोड ८२ लाख ६ हजार लागनी गरेको कृषि विकास केन्द्रिय कार्यालयले जनाएको छ ।  

ब्याज मात्र ३ करोड ८८ लाख उठन बाकी रहेको कृषि विकास बै.क केन्द्रिय कार्यालयका प्रबक्ता हिमलाल पौडेलले बताए । तौलिहवा शाखा कार्यालयबाट ४८ जनालाई ६५ लाख ६० हजार रकम लगानी गरेको कृषि विकास कार्यालयले जनाएको छ । ब्यक्तिलाई एक देखि ढेड लाख र संस्थाालई ७ लाख सम्म लागानी गरिएको थियो । जसमध्ये १७ जनाले मात्र लिएको पुरै रकम बुझाएका छन । अझै पनि सावा २९ लाख ३१ हजार र ब्याज १७  हजार उठाउन बाँकी छ ।  जिल्लामा २०७० असार ९ मा खुद्रा ब्यापार, कुखुरा,गाई,भैसी लगायतका आयमुलक कार्यक्रमकामा उनीहरुले रकम लगेका थिए ।

मासिक १२ प्रतिशत ब्याजमा बिना धितो नागरिकताको भरमा तमसुक मात्र गराई दिईएको रकम अहिले भने डुब्ने खतरा बढेको बैंकले जनाएको छ । लगेको मध्ये कतिपयले त अहिले सम्म एक पटक पनि ब्याज बुझाएका छैनन । रकम बुझाउन आनकानी गरे पछि बैंकले पटक पटक लगको कर्जा बुझाउन भन्दै पत्रिकामा रिन लानेको नाम, सावा, ब्याज सहीतको बिवरण सार्वजनिक गर्ने गरेको छ । तर रिन उठन सकेको छैन ।

‘बैंकले रकम बुझाउन बारम्बार तोकेता गर्दा पनि बुझाउन आलटाल गरिए पछि उनीहरुको नाम पत्रिका निकालेका हौँ’, प्रवक्ता पौडेलले भने, ‘विना धितो ऋण दिइएकाले ब्याज बुझाउन आनाकानी गरिएको हो ।’

‘धितो लिई कर्जा लागनी गरिएको भए कर्जा उठाउन खासै समास्या आउने थिएन ।’, उनले भने ।

रकम पाएका  कतिपयले उद्देश्य अनुरुप काम नलगेकाले पनि समस्या आएको बैंकका कर्मचारीहरु बताउँछन् । उद्योग बाणिज्य संघ तौहिलावका तत्कालीन अध्यक्ष सन्तोष कुमार कसौधनको संयोजकत्वमा गठति जिल्ला संयोजन समितिको सिफारिसमा कृषि बैंकले उनीहरुलाई रकम दिएको थियो । व्यावसायिक तालिम लिएका उद्यमशील ब्यक्तिलाई लगानी गर्नु पर्ने रकम हचुवाको भरमा लगानी गरिएको तौलिहवाका एक ब्यापारीले बताए । समितिले नागरिकता नभएका व्यक्तिलाई समेत छनौट गरेको भन्दै त्यति बेला तीब्र बिरोध भए पछि प्रशासनले समेत हस्तक्षेप गरेको थियो ।

रकम लगेका मध्ये कसले के गरिहेको छ त्यस तर्फ समेत कसैले चासो दिएका छैनन । ‘सित्तैमा पाएको रकम पचाउने दाउमा छन्, रकम डुब्ने अवस्थामा पगेको छ तर उठाउने तर्फ कोही अग्रसर हुँदैन ।’ एक व्पायारीले भने ।  

रकम फिर्ता गराउन नत कृषि बैंकले न जिल्ला समितिले चासो दिएको देखिन्छ । विना धितो लागनी गरिएको रकम उठान कडाई नगरिएकाले लगको रकम फिर्ता गर्न चासो दिएको देखिँदैन ।  बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन र कर्जा असुली बिनियम तथा प्रचलित ऐन नियम अुनसार तिनीहरुबाट रकम उठाउन सकिने प्रावधान छ ।ऋण नतिर्ने व्यक्तिहरुलाई कालोसूचीमा राखेर, सम्पत्ति रोक्का गर्न सकिने लगायतका प्रकृया रहेका छन् ।

लगानी अनुसारका प्रतिफल नदेखे पछि त्यस यता बैकबाट स्वरोजगार कार्यक्रमबाट रिन लागनी भएको छैन । उता स्वरोजगारका लागि जिल्लामा सहकारी संस्थामार्फत लगानी गरिएको ढेड करोड बढीको अवस्था समेत अज्ञात रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?