११ कार्तिक २०७८, बिहीवार

बङ्लादेशकी पूर्वप्रधानमन्त्री जियालाई ह्लिचियरबाट ढाका जेलमा सारियो

२०७५,भाद्र,२०,बुधबार १५:३९

0
Shares

ढाका । बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । 

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उनले पाँचवर्षे जेल सजाय भोगिसकेकी छिन् ।

उनलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् । 

उनले भनिन्, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।” 

बङ्गलादेशको एनटीभीबीडी डट कमले सम्प्रेषण गरेको समाचारमा बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले थपिन्, “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।” 

आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छिन् ।

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । 

अदालतले नेत्री जियाका चार जना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो ।

प्रकाशित मिति: २०७५,भाद्र,२०,बुधबार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । अफगानितस्तानको अन्तरिम सरकारका

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

ताजा समाचार