रुपन्देहीको राममणि क्याम्पसका शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप

लोकपथ
130
Shares

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले सोमबार सो कलेजमा अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेका हुन् ।

पेटको समस्या भएपछि छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफूलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् । अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् । तर, प्रिन्सिपलले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको जनाइएको छ ।

दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई मेसेज गरेका छन । सोमबार दिउसो २ बजेको सो घटनाबारे सूचना र उजुरी नआएको प्रहरीले जनाएको छ । प्रिन्सिपल पराजुलीले पीडितका बुवालाई बोलाएर ‘छोरीको इज्जत जान्छ’ भन्दै हल्ला नगर्न दबाव दिएको विद्यार्थीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?