ललितपुरमा पेस्तोलसहित पाँच जना पक्राउ

काठमाडौं । ललितपुरबाट नगद लुटपाट गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खानीखोला गाउँपालिकाका अनिल घिसिङ, रमेश थोकर, जगत बहादुर गोले साथै पनौती नगरपालिकाका विकास बन्जरा र निशान गोले छन् ।

प्रहरीका अनुसार गानीखोला गाउँपालिका–७ स्थित घोईछेलकुण्डलिङ गुम्बाका पुजारी तिलक लामालाई मंगलवार राति बा ५६ प ७०८३ र बा ६७ प ३७३३ नम्बरको मोटरसाइकलमा आएका पाँच जना अपरिचित युवाहरुले हतियार देखाई ३ लाख ५० हजार र मन्दिरको शंख लुटेका थिए ।

काभ्रेका एसपी रविराज खड्काका अनुसार उनीहरुका साथबाट १ थान पेस्तोल, २ राउण्ड गोली र १ थान म्यागजिन समेत प्रहरीले बरामद गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?