ओली भेट्न बालकोट पुगे सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ (तस्बिरसहित)

लोकपथ
70
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज तेस्रो दिन पनि भेटघाटलाई तिव्रता दिएका छन् ।

आइतबार नेपाल आइपुगेका जियान्चाओ आजले मंगलबार बिहान पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहान ओली निवास बालकोटमा ओली दर लिउबीच भेटघाट भएको हो ।

सो क्रममा ओलीसहित एमालेका अन्य नेताहरू नेताहरुको समेत सहभागिता रहेको थियो । जसमा नेताहरु डा. राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य लगायतको समेत सहभागिता रहेको थियो ।

आइतबार नेपाल आइपुगेका लिउले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग आइतबार र माओवादी अध्यक्ष प्रचण्डसँग सोमबार भेटघाट गरिसकेका छन् ।

भोलि स्वदेश फर्किने लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।

तस्बिर : ओलीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?