सहकारी रकम ठगीको आरोपमा जेल चलान

विराटनगर । जिल्ला अदालत मोरङले सहकारीको रकम ठगी गर्ने तीन जनालाई थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलास ले विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको करौडौँ रकम ठगीको आरोप लागेका सो सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिब ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले आज जानकारी दिए । 

मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम उनीहरुलाई थुनामा राख्न आदेश दिएको श्रेस्तेदार नवराज दुलालले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?