७ कार्तिक २०७८, आईतवार

प्रतिनिधि सभा बैठक : गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

२०७५,भाद्र,२०,बुधबार ११:०८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुुन् ।  

त्यसैगरी, उनले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितकोे नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरे । 

आजको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय र न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते ३ बजे बस्नेछ ।
 

प्रकाशित मिति: २०७५,भाद्र,२०,बुधबार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उपाध्यक्ष

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढिपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले विजयी भएका छन्

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०