कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ २८ गते

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बिहीवार भदौ २१ गते विहानको लागि बोलाइएको बैठक भदौ २८ गते दिउँसोको लागि बोलाइएको छ । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलको नाम उल्लेखित विज्ञप्तीमा  यहि भदौ २८ गते दिउँसो १ः०० बजे को लागि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा डाकिएको छ ।

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य एवं आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?