काठमाडौं । समृद्धि फाइनान्सले आषाढ २७ गते सोमबार काठमाडौंको बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले असार महिनामा आफ्नो पाँच वटै शाखाहरुबाट उक्त कार्यक्रम विभिन्न मितिमा सम्पन्न गरेको छ ।
फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएकोयस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया