काठमाडौं । प्रमुख प्रतिपक्ष दल एवं नेपाली कांग्रेस सांसद अमरेश कुमार सिंहले सरकारले संविधानको उलंघन चलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे गरेका छन् ।
बुधबार बसेको संसद बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा माग गरेका हुन् ।
“संविधान भन्दा माथि कोही पनि हुँदैन । संविधानको उलंघन गर्ने सरकारको औचित्य छैन । म यहीबाट राजीनामा माग्छु । राजा हामीले बनाएको होइन । प्रधानमन्त्री बनाएको हो । संविधानको उलंघन गर्न बनाएको होइन” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया