ईखले जन्मिएको ‘न्यू डायमण्ड एकेडेमी’ : मोजाको बलदेखि प्रशिक्षकसम्म कुमार राईको भलिबल यात्रा

कुमार राई, न्यू डाइमन्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक ।

उनको जिउडाल बाटै प्रष्ट हुन्छ उनी खेलकुदका व्यक्ति हुन् ।

फिट अनि फुर्तिला ।

हेर्दा केही रिसाहा जस्तो लागेतापनि व्यवहार भने औधि मिजासिलो ।

प्रशिक्षक’ शब्दले उनको समर्पण र योगदानलाई समेट्न नसक्ला । आफ्ना विद्यार्थीका लागि उनी एक प्रशिक्षक वा प्रिन्सिपल मात्र  होइनन् । बरु एउटा सर्जक हुन् ।

सानो कदका कुमारको व्यक्तित्वको आयाम भने व्यापक छ ।

त्यसैले ‘प्रशिक्षक’ शब्दले उनको समर्पण र योगदानलाई समेट्न नसक्ला ।

आफ्ना विद्यार्थीका लागि उनी एक प्रशिक्षक वा प्रिन्सिपल मात्र  होइनन् ।

बरु एउटा आत्मिय अभिभावक हुन् ।

उनीहरुको प्रतिभाका सर्जक हुन् ।

उनले जन्माएको न्यू डाइमन्ड एकेडेमीको भलिबल टिम देशकै उत्कृष्ट टिमहरु मध्ये एक हो । राष्ट्रव्यापी प्रतियोगीताहरुमा धेरै पटक ट्रफी उठाउन सफल भइसकेको यस टिमले धेरै राष्ट्रिय खेलाडीहरु जन्माइसकेको छ । कुमार आफैं पनि ‘उत्कृष्ट प्रशिक्षक’का रुपमा पुरस्कृत भइसकेका छन् ।

'पढ्न जाँदा आराम गरेजस्तो लाग्थ्यो'
संखुवासभाको मालवासेमा जन्मिए कुमार ।

बुबा ब्रिटीस आर्मी भएकाले आर्थिक समस्या थिएन ।

तर, दुख थियो ।

कामको दुःख ।

खेत र वस्तभाउलाई सम्पत्तिको सूचाङ्क मानिने त्यो समयमा जो धनी उसैको घरमा बढी काम गर्नुपथ्र्यो । त्यसैले उनको अधिकांश समय खेत, जंगल, घाँसदाउरा मै बित्थ्यो ।

बिहान घाम नउदाउँदै शुरु भएको उनको दिन जून नउदाउन्जेल चलिरहन्थ्यो ।

यही पट्यार लाग्दो दिनचर्यादेखि दिक्क भएर नै उनले बुबासँग आफूलाई स्कुलमा भर्ना गरिदिन आग्रह गरे ।

‘अहिलेका केटाकेटी स्कुल जानु भनेको पहाड उचाले जतिकै गर्छन् । हामीलाई त आराम गरेजस्तो हुन्थ्यो ।’ उनी थप्छन् ।

कुमारले पढाइका लागि पढेनन्, कामबाट छुट्कारा पाउनका लागि पढे । ‘कहिले काम सकौं र स्कुल जाउँ जस्तो हुन्थ्यो । साथीहरुसँग खेल्नु र घरको कामबाट छुट्कारा पाउनु नै स्कुल जानुको मुख्य उद्देश्य थियो ।’ वाक्य पूरा नहुँदै कुमार जोडले हाँसे । 


‘अहिलेका केटाकेटी स्कुल जानु भनेको पहाड उचाले जतिकै गर्छन् । हामीलाई त आराम गरेजस्तो हुन्थ्यो ।’ उनी थप्छन् ।

यति हुँदाहुँदै पनि उनी कक्षामा राम्रै विद्यार्थीका रुपमा गनिन्थे । पहिलो पटक ६ कक्षामा हुँदा भलिबल पक्रिएँ । कामबाट छुट्कारा पाउने अर्को माध्यम थियो खेल ।

आफूले भलिबल खेल्नुको पहिलो कारण सम्झिदै उनले भने, ''बेईलम भईयो ।'' 

काम केहि भएन । त्यसैले भलिबलमा आउन बेकामे दैनिकीले प्रेरित गर्यो ।

गाउँमा गट्टी, पिट्टु जस्ता बालसुलभ खेलहरु मात्र खेलिन्थे ।

तर, कुमारलाई भने मोजामा कागज हालेर सेल्फ–मेड बल खेल्न साह्रै मनपथ्र्यो ।

गाउँमा दाइहरुले खेले जस्तै गरी मोजामा कागज हालेर बनाएको बलबाट शुरु भयो कुमारको भलिबल यात्रा ।

उनको मस्तिष्कमा भलिबल मोहको विजारोपण यही बेला भयो । गाउँमा दाइहरुले खेले जस्तै गरी मोजामा कागज हालेर बनाएको बलबाट शुरु भयो कुमारको भलिबल यात्रा ।

‘साँच्चैको भलिबल त ६ कक्षामा हुँदा मात्रै छुन पाएँ । स्कुलको भलिबल टिममा सेलेक्ट भएर ।’ आफूले पहिलो पटक बल छोएको क्षण स्मरण गर्दै कुमार खुले ।   

*** 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?