युएस ओपनः नाडाल र डेल पोर्टो सेमिफाइनलमा प्रवेश

अमेरिका । विश्व नम्बर एक स्पेनी राफेल नाडाल जारी युएस ओपन टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

न्युयोर्कमा मंगलवारराति सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा नाडालले अस्ट्रियाका डोमिनिक थिमलाई ३—२ को निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै  अन्तिम चारको स्थान तय गरेका हुन् ।

खेलको पहिलो सेट ६-० ले गुमाएका नाडालले दोस्रो सेटमा भने थिमलाई ६-४ ले हराए ।

तेस्रो सेट ७-५ ले जितेका नाडाल चौथो सेटमा भने पराजित भए । ७-६ ले चौथो सेट गुमाएका नाडालले खेलमा पुनरागमन गर्दै अन्तिम सेट ७-६ ले आफ्नो पक्षमा पारे ।

यी दई खेलाडीबीचको खेल ४ घण्टा ४९ मिनेट चलेको थियो । जीतपछि नाडाल सातौँ पटक जारी यो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरे । डिफेन्डिङ च्याम्पियन नाडाल चौथो पटक उपाधि जित्ने दाउमा रहेका छन् ।

उनले अहिलेसम्म १८ वटा ग्रान्डस्लामको उपाधि जितिसकेका छन् । 

क्वाटरफाइनलमा हलिउड कलाकार बेन स्टेलरपनि उपस्थित थिए । त्यस्तै, मंगलवारराति नै भएको अर्को खेलमा अर्जेन्टिनी जुवा मार्टिन डेल पोर्टोले अमेरिकी जोन इस्नरलाई ३-१ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । 

यता, बुधवार बिहान भएको महिला एकलतर्फको खेलमा अमेरिकी सेरेना विलियम्सले चेक रिपब्लिककी क्यारोलिना पिल्सकोभालाई २-० को सेटमा तथा लातभियाकी अनास्तासिजा सेभास्तोभाले अमेरिकी स्लोन स्टेफेन्सलाई २-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सेरेनाले पिल्सकोभालाई ६-४ र ६-२ को सेटमा तथा सेभास्तोभाले स्टेफेन्सलाई ६-२ र ६-३ को सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?