विदेशमा रहेको नेपालीले निर्वाचनमा भाग लिन पाउनु सुखद : नयाँ शक्ति

काठमाडौं । देश बाहिर रहेका नेपालीले पनि नेपालको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न सरकारको नाममा निर्देशात्मक आदेशलाई नयाँ शक्ति पार्टीले स्वागत गरेको छ ।

देश बाहिर काम वा अध्ययनको सिलसिलामा रहेका लाखौं नेपालीले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउको भन्दै हालै सर्वोच्च अदालतले अधिवक्ता प्रेम राईले दायर गर्नु गरेको मुद्दामा फैसला गर्दै देश बाहिर रहेका नेपालीले पनि नेपालको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न सरकारको नाममा निर्देशात्मक आदेशलाई नयाँ शक्ति पार्टीले स्वगात गरेको हो ।

नयाँ शक्ति पार्टीका सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रलाई अझै पारदर्शी, जनताप्रति उत्तरदायीर समुत्रत बनाउन जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उल्लेख छ । 

विज्ञप्ति सहित 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?