करछली गरेको आरोपमा प्रशिक्षक मौरिन्होलाई एक वर्षको जेल सजाय

स्पेन । स्पेनी क्लब रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मौरिन्होलाई १ वर्षको जेल सजाय सुनाइएको छ । 
 
रियल म्याड्रिडमा हुँदा उनले ३ दशमलब ३ मिलियन युरो करछली गरेको आरोप लागेको थियो । यहि आरोपमा उनलाई अदालतले १ वर्षको जेल सजाय सुनाइएको हो । 

स्पेनको कानुन अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्छ । त्यसकारण प्रशिक्षक मौरिन्होलाई करछलीको ओरोपमा एक वर्षको जेल सजाए सुनाएपनि उनले जरिवाना तिरे पुग्ने भएको हो । 

उनलाई सन् २०११ मा फोटोग्राफ राइट्सबाट आएको कमाई लुकाएको आरोप लागेको थियो । अदालतले उनलाई १ दशमलब ९ मिलियन युरोको जरिवाना लगाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?