काठमाडौं । आजबाट सुुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्यालय पुुगेका छन् ।
दिउँसो १ बजेबाट बोलाइएको बैठकमा केही ढिला गरि देउवा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुुगेका हुन् ।
सो क्रममा संस्थापन इतर शेखर समूहका विद्यार्थी नेताहरुले चर्को नाराबाजीसहित विरोध गरेका थिए ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार भातृ तथा शुुभेच्छुुक संगठनसहित पार्टीमा समेत सभापति देउवाले आफूनिकटकलाई मात्रै जिम्मेवारी दिँदै विधान कार्यान्वयन नगरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
सो विषयमा जानकारी दिँदै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका शेखर समूहका युवा नेता निरन्जन थापाले आफूहरुले पार्टी र भातृ संगठनको विधान कार्यान्वयन गर्न दबाब दिएको बताए ।
‘सभापतिज्यूले जुन किसिमले विधान मिचेर पार्टीभित्रको निर्णय गर्नुभएको छ त्यसमा हाम्रो समूहको पूर्ण विमत्ती रहेको छ । शेखर समूहले ल्याएको ४१ प्रतिशत मतको अवमूल्ययन गरिएको छ । त्यसको विरुद्ध हाम्रो खबरदारी जारी रहनेछ । साथै लथालिंग रुपमा रहेको भातृ र शुुभेच्छुक संस्थालाई चलायमान बनाउन नसकेको विषयमा समेत हाम्रो विरोध रहेको छ । पार्टीभित्रको विभेद अन्त्य गर्दै भातृ र शुुभेच्छुक संस्थालाई चलायमान नबनाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले भने ।
साथै भातृ तथा शुुभेच्छुक संस्थाको वैधानिकता सम्बन्धि विषयमा आफूनिकटका नेताहरुसमक्ष समेत ध्यानाकर्षण गराएको उनले बताए ।
विभिन्न एजेण्डासहित आजबाट पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बेठक केही बेरमा सुरु हुन लागेको छ । बैठकमा शेखर पक्षका नेताहरुले असन्तुष्टि जनाउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया