त्रिभुवन विमानस्थलको धावनमार्गको पुनर्निर्माणको लागि अब प्रधानमन्त्रीले नै पहल लिनुपर्छ : दिपेन्द्र कँडेल

काठमाडौं । युवा प्रर्वद्धक एवम् पब्लिक ईनोभेटेर ईं. दिपेन्द्र कँडेलले फागुनभन्दा अगाडिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नबनाईए वर्तमान सरकारले ठूलो क्षति व्यहोर्ने बताएका छन् । 

मंगलबार नागरिक उड्यन प्राधिकरण (क्यान) पदाधिकारीसँगको संक्षिप्त छलफलमा आफूले विमास्थलको धावनमार्ग जतिसक्दो छिटो बनाउनको लागि सुझाव दिएको सुनाउँदै कँडेलले भने, ‘तर, उहाँहरुको कुरा सुन्दा फागुनअघि धावनमार्गको पूर्ननिर्माण गर्न नसकिनेजस्तो छ, मैले आफ्नो तर्फबाट फागुनअघिनै पूर्ननिर्माण गर्नको लागि सुझाव दिएको छु  । यदि उहाँहरुले विलम्ब गर्नुभयो भने यो सरकारलाई नै भोलि ठूलो असर पर्छ ।’

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमास्थलको यो हालत कायम रहिरहनु भनेको मुलुकको प्रतिष्ठामाथि असर पर्नु भएको आफ्नो ठम्याई रहेको बताउँदै उनले आफूले विगत दुई हप्तादेखि पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत विभिन्न सरोकारवाला निकायका प्रमुखहरुसँग लगातार सम्वाद, छलफल तथा अन्तरक्रिया गर्दै आएको पनि सुनाए ।

उनले भने,‘मन्त्रीज्यू मेरो प्रस्तावमा सकारात्मक हुनुहुन्थ्यो, उहाँले विमानस्थलको धावनमार्ग बनाउन पहल गरिसकिएको जानकारी मसँगको भेटमा गराउनुभएको थियो । तर, मेरो मान्यता के हो भने बनाउनको लागि अब कुनै ढिलासुस्ती गर्नुभएन् । अहिले त दिनप्रतिदिन ढिलाई गर्ने काम भैरहेको छ । मैले मन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाएको दुई हप्ता नबित्दै भर्खरै एति एयरलाईन्सको विमान ठूलो दुर्घट्ना हुनबाट जोगियो । उक्त विमान पनि धावनमार्गकै खराबीका कारण हुनसक्ने मेरो अनुमान छ । त्यसैले मेरो सरकारसँग एउटामात्रै आग्रह भनेको धावनमार्ग पूर्ननिर्माणमा अब ढिलाई गर्न हुँदैन् ।’

आफूले नेपालका सम्बन्धित निकायका पदाधिकारीसँगमात्रै नभएर आईकाओका क्षेत्रिय निर्देशक अरुण मिश्रसँगपनि त्रिभुवन विमानस्थलको धावनमार्ग लगायत अरु प्राविधिक समस्याहरुको समाधानको लागि पटक–पटक पहल गरेको कँडेलले सुनाए । उनले थपे,‘उहाँपनि मेरो आग्रहप्रति सकारात्मक हुनुहुन्छ । उहाँले मलाई नेपालमा क्यानका पदाधिकारीसँग छलफल तथा अन्तरक्रिया गर्न सुझाव दिनुभएको थियो । सोही अनुसार मैलेपनि आज पूनः छलफलमा भाग लिएको हुँ ।’

फागुणबाट मात्रै पूर्ननिर्माण सुरु गर्ने सरकारको तयारीप्रति आफ्नो पूर्ण असहमति रहेको सुनाउँदै कँडेलले यस्तो संवेदनशील विषयमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् अब पहल लिनुपर्ने पनि धाराणा राखे । उनले भने,‘यो त देश र जनताको प्रतिष्ठासँग जोडिएको विषय हो । धावनमार्गमा समस्या छ भनेर स्वयम् विभागीय मन्त्रीले पनि स्वीकार गसिक्नुभएको अवस्थामा अहिलेसम्म धावनमार्गको पूर्ननिर्माणको काम अघि बढ्न नसक्दा मलाईमात्रै होईन, सारा नेपालीलाई पनि चिन्ता लाग्न थालेको छ । अब प्रधानमन्त्रीज्यूलेपनि यसबारेमा गम्भिर कदम चाल्नुपर्ने हुन्छ । मेरो आग्रह छ अब सरकारले विलम्ब नगरी धावन मार्गको पूर्ननिर्माणको कामको थालनी गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?