भारतले इरानबाट ल्याउने तेल कटौती नगर्ने

एजेन्सी : भारतले इरानबाट आयात गर्ने तेलको परिमाणमा कटौती नगर्ने जानकारी अमेरिकालाई दिने भएको छ ।

अमेरिकाले नोभेम्बरबाट इरानमाथि लगाएको आर्थिक नाकाबन्दीको कार्यान्वयन गर्ने भएकाले भारतले उसलाई यो जानकारी दिन लागेको हो ।

अमेरिकाले लगाएको नाकाबन्दीलाई उल्लंघन गर्ने देशले पनि आर्थिक संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

बिहीबार नयाँ दिल्लीमा अमेरिका र भारत दुबै देशका विदेश र रक्षामन्त्रीहरूबीच ‘दु प्लस टु’ संवाद हुने भएको छ ।

यस वार्तामा क्षेत्रीय र वैश्विक विषयहरूमा दुई पक्षीय सम्बन्धका विषयमा छलफल हुनेछ ।

भारतका तेल ग्यास प्रशोधकहरू विदेशबाट आयात हुने वस्तुहरूमा निर्भर रहेका छन् । 

भारतका लागि तेलको मूल्य महत्वपूर्ण भएकाले इरानको तेल किन्ने गरेको परिमाण घटाउन नसक्ने जनाउ दिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?