संवैधानिक परिषदको बैठक आज, अख्तियार प्रमुख सिफारिसको तयारी

काठमाडौं ।  संवैधानिक परिषदको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको हो । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल हुनेछ । 

अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् । 

बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने तयारी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?