भारुको मूल्य खस्किदाँ आरबीआई सुन किन्न बाध्य

एजेन्सी : भारतीय मुद्रा भारु अमेरिकी डलरको तुलनामा कमजोर हुँदा जाँदा भारतको केन्द्रीय बैंक आरबीआईले करिब एक दशक यता पहिलो पटक सुन किन्न बाध्य भएको हो ।

आरबीआईले सुनको स्टकमा थप गर्न ८.४६ मेट्रिक टन सुन किनेको हो ।

गत जुन ३०सम्म आरबीआईको कोषमा ५६६.२३ मेट्रिक टन सुन रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसअघि सन् २००९मा आरबीआईले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २०० मेट्रिक टन सुन खरिद गरेको थियो ।

गएको ९ वर्षमा आरबीआईका सुन सञ्चितिको अवस्था १ करोड ७९ ट्रोय आउन्समा स्थिर रहेको थियो । 

जुनमा ५६६.२३ मेट्रिक टन बराबर हुने गरी १ करोड ८२ लाख ट्रोय आउन्स सुन आरबीआईको जुन ३०सम्म स्टकमा थियो ।

सन् २०१७को नोभेम्बरमा यो घटेर १ करोड ७९ लाख ट्रोय आउन्स थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?