पाकिस्तानका राष्ट्रपतिमा दन्त चिकित्सक आरिफ अल्वी निर्वाचित

एजेन्सी : पाकिस्तानकाराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री इमरान खानका निकटतम सहयोगी पूर्व दन्त चिकित्सक आरिफ अल्वी निर्वाचित भएका छन् । 

अल्वी खानको पार्टी तहरिक ए इन्साफ पार्टीका संस्थापक मध्येका एक हुन् ।

राष्ट्रपति पदको निर्वाचनमा दुबै सदनका सांसद र चार प्रान्तका प्रान्त सभा सदस्यहरूले मतदान गर्ने गर्छन् ।

अनौपचारिक जानकारी अनुसार अल्वीले ३५३ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीका उम्मेदवारले १८५ मत पाए भने पाकिस्तान पिपुल्स पार्टीका उम्मेदवारले १२४ मत प्राप्त गरेका थिए ।

औपचारिक घोषणा हुन अघि नवनिर्वाचित राष्ट्रपति अल्वीले पत्रकारहरूसँगको भेटघाटमा जीतका लागि इश्वरप्रति आभार प्रकट गरेका थिए ।

सन् १९६९मा अल्वीले पूर्व तानाशाल अयुब खानको विरोध गर्दा चलेको गोलीबाट घाइते भएका थिए । उनको दाहिने पाखुरामा अझ निकाल्न नसकिएको एक गोली रहेको छ ।

युनिभर्सिटी अफ मिचिगन र युनिभर्सिटी अफ प्यासिफिक इन सन फ्रान्सिस्कोमा अध्ययन गरेका अल्वी राजनीतिमा आउन अघि दन्त चिकित्सकको रूपमा क्यारियर शुरू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?