जापानमा भीषण ‘जेबी’ अाँधी, ७ जनाको मृत्यु, १० लाख जना विस्थापित

टोकियो (एजेन्सी) : जापानमा चलेको जेबी नामक अाँधीमा परेर अहिलेसम्म ७ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

सन् १९९३ यताको सबैभन्दा ठूलो भनिएको यो अाँधीमा परेर २ सय जना घार्इते भएका छन् भने १० लाख नागरिक विस्थापित बनेका छन् । 

प्रतिघण्टा १ सय ७२ किलोमिटरका गतिले यो अाँधी चलिरहेको जापानका माैसमविद् एवं सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

अाँधीसँगै परिरहेको अत्याधिक बर्षाका कारण पश्चिमी जापानका कैयन ठाउँहरूमा पहिरो गएको छ भने बस्तीहरू डुबानमा परेका छन् । 

सम्भावित बाढी र पहिरो एवं हुरीको प्रभावबाट बच्न जापानी सरकारले सूचना जारी गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?