मिश्रविरुद्व उजुरी परे नपरेकोबारे गोप्य राखियो

काठमाडौं –कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालयसमयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो ।

आजसम्म म्याद रहेकाले उजुरीकर्ता र उजुरीहरु गोप्य रहने संसदीय सुनुवाइ समितीले जनाएको छ । परिषद्ले गत विहीवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रलाई सर्वसम्मतले सिफारिस गरेको थियो । परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकृत गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?